Websoft University

तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष आजदेखि विराटनगरमा सुरू

 


विराटनगर  पुस ३ गते । रातो तारा डट कम, प्रदेश १ स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष आजदेखि विराटनगरमा सुरू भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ । शनिबार सम्पन्न हुने सेमिनारमा प्रदेश १ भरीका तेक्वाण्डोका खेलाडीहरूको सहभागि रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए ।

सेमिनारमा सैद्धान्तिक र व्यवहारीक पक्षको विषयमा प्रशिक्षण दिइने छ । आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्डोको सेमिनर गरिएको कार्कीले बताए ।

कार्कीले खेलाडीहरू राष्ट्रियको गहना भएकोले राज्यले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नुपर्ने बताए । तीन तहको सरकारले खेलकुदल क्षेत्रलाई पहिलो प्रथामकिता राख्ने सकिए मात्र यस क्षेत्र व्यवसाियक बन्दै खेलाडीहरू आत्मनिर्भर बन्न सक्ने बताए । दुई दिनसम्म संचालन हुने सेमिनर तेक्वाण्डोका खेलाडीहरूको लाभदाही हुने उनको भनाई छ ।

सेमिनारमा प्रशिक्षणहरूमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले दिनेछन् । सोही अवसरमा तेक्वाण्डोका खेलाडीहरूले आ–आफ्नो कला पनि प्रर्दशन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.