Websoft University

मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा महिला उद्यमी बन्दना जैन मनोनित

 


बिराटनगर कार्तिक १९ गते । रातो तारा डट कम,मुलुकको जेठो उद्योग वाणिज्य संघ, ‘मोरंग व्यापार संघ’को कार्यसमितिको सदस्य पदमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी संचालिका श्रीमती बन्दना जैनज्यू मनोनित हुनु भएको छ ।

उद्यमशिलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनु पर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नु पर्ने धारणा सहित अध्यक्ष मून्दडाज्यूले संघको नियमावलीको दफा १६।१ ९ङ० को व्यवस्था अनुरुप श्रीमती जैनलाई संघको कार्यसमिति सदस्यको रुपमा मनोनित गर्नु भएको हो । श्रीमती जैन स्नाकोत्तर क्याम्पस, विराटनगरकी उप–प्राध्यापक समेत हुनु हुन्छ ।

संघको उद्देश्य प्राप्त गर्न महिला उद्यमीको भूमिका समेत महत्वपूर्ण रहेको जनाउनु हुँदै अध्यक्ष मुन्दडाज्यूले श्रीमती जैनलाई मनोनयन गर्दै बधाई ज्ञापन गर्नु भई वहाँको कुशल कार्यकालको कामना गर्नु भएको थियो ।

अध्यक्ष प्रकाश मुन्दडाज्यूले नेतृत्व गरिरहनु भएको संघको ३२औँ कार्यसमितिमा श्रीमती जैनको मनोनयनले संघको इतिहास मै पहिलो पटक कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको नियुक्त गरिएको रेकर्ड समेत कायम गरेको छ । साथै, अध्यक्ष मून्दडाज्यूबाट कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको चयनले उद्यमशिलता क्षेत्रमा लैङगिक समावेशिताको महत्वलाई समेत उदाहरणको रुपमा झल्काएको छ ।

यस अघि अध्यक्ष मुन्दडाज्यूले उद्योगी श्याम राठीलाई संघको कार्य समिति सदस्यमा मनोनयन गर्नु भएको थियो ।

२०७७ कार्तिक १९ गते, बुधबार । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.