Websoft University

प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज


 

विराटनगर, ९ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५–५, कचनकवल र मेचीनगरमा ४–४, हल्दिबारी र कमल गाउँपालिकामा २, बा¥हदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४–४, दुहवीमा ३,  रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १–१, मोरंगको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३ , सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २–२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १–१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, भोजपुरको अरुणमा १,  खोटाङमा १  र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८८० पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १५१ पुगेको छ । 

प्रदेश १ मा आज १ हजार ३६१ ज्नाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५९ महिला र २०३ पुरुषको रिपोर्ट पोजेटिभ आउको हो । हालसम्म १ लाख ८५ हजार ७६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.