Websoft University

बम बिष्फोटन गराएको आरोपमा दुई जना पक्राउ


(फाएल फोटो) गाईघाट ११ मंसिर  । रातो तारा डट कम,उदयपुरको ताप्ली गाउपालिकामा बम बिष्फोटन गराएको आरोपमा बिप्लब माओवादीका दुई कार्यकर्ता लाई प्रंहरीले पका्रउ गरेको छ । ताप्ली गाउपालीका ५ रुपटारका गौर बहादुर देबकोटा र ताप्ली गाप १ ओख्लेका रिता बिक लाई बुधबार दिउसो उनीहरुको घरै बाट पका्रउ गरीएको हो । बिप्लब जिल्ला इन्चार्ज बिजय राम ले आफना दुइ कार्यरत पका्रउ परेको पुष्टी गरे उनले संचारकर्मी लाई टेलिफोन मार्फत प्रहरीले के कारण ले कार्यकर्ता लाई प्रका्रउ गरेको भन्ने बारे केही खुलाउन चाहेनन । तर बम बिष्फोटन गराएको आरोपमा प्रहरीले पका्रउ गरेको हुन सक्ने उनले बताए । के बिप्लब माओदी ले नै गाउपालीका मा बम बिष्फोट गराएको हो । ? भन्ने जिज्ञासामा उनी केहि बोल्न चाहेनन । ताप्ली गाउपालीकामा चार दिन अघि बम बिष्फोट भएको थियो । दुई वटा बम मध्य एउटा बिहान पख बिष्फोटन हुदा गाउपालीकाका भौतीक सामागी्र मा क्षेती पुगेको थियो । अर्को बिष्फोट नभएको बम लाई भने सेनाले डिस्पोज गरेको थियो । बिप्लब माओदीले गाउपालीका जनप्रतिनिधि र कर्मचारी संग चंदा माग गरेकोमा नदीए पछि त्यसैको रिसमा उनीहरु ले गाउपालीकामा बम बिष्फोटन गराएको आसंका गरीएको थियो । सो घटना लगतै कर्मचारीहरुले त्यस अघि नै बिप्लब कार्यकर्ता गाउपालीका आएर नै चंदा माग गर्ने गरेको बताएका थिए । “हामी लाई क्षमता भन्दा बढी नै रकम मागेकोले दिन अस्वीकार गरेको थियौ । नाम गोप्य राखीदिने सर्तमा गाउपालीकाका एक कर्मचारी ले भने। उनीहरु ले कुनै पनि बेला जे पनी हुन सक्ने भन्दै पटक ,पटक धम्की दिने गरेको उनले बताए । पका्रउ परेका ति कार्यकर्ताहरु लाई इलाका प्रहरी कार्यालय बाट गएका प्रहरी टोली ले अनुसन्धान लाई हिरासतमा लिएको प्रमुख एसपि भिम बहादुर दाहाल ले अनुसन्धानको लागी बिप्लब समुहका दुई कार्यकर्ता लाई नियन्त्रणमा लिएको बताए । हामी ले बम बिष्फोट ्पछि सो घटनामा संलग्न व्यक्तिहरुको खोजि गरीरहेका थियौ । उनले भने । अहिले थप अनुसन्धान भैरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.