Websoft University

छठ पर्बमा भक्तजनहरुले घरमै बसेर पुजा गरे


गाईघाट ५ मंसिर । रातो तारा डट कम,कोरोना कहरले गर्दा यो बर्षको छठ पर्बमा भक्तजनहरुले घरमै बसेर पुजा गरेकाछन नदिनाला, ताल तलैयामा भेला हुन स्थानीय प्रशासनले रोक लगाए पछि भक्तजनहरुले घरमै पुजा गरेका हुन । घरको छत , आगन मा पानी जमाउन प्लाष्टीकको पोखरी बनाई त्यसलाई बिशेष किसीमले सृगार गरी ब्रतालुले अस्ताउदो सुर्य लाई अर्घ दिएका छन।

बिगत बर्षमा गाईघाट बजारको त्रियुगा नदिमा भब्य रुपमा छठ पर्ब मनाइदै आएको थियो । नदिको दुबै किनारमा झन्डै २ किमी सम्म लामो क्षेत्रफलमा पुजाको लागी घाट निर्माण हुने गरेको थियो । छठ पुजामा नदिमा दशौ हजार को संख्यामा मानीसहरु उपस्थीत हुने गर्दथे तर कोरोना को कारण स्थानीय प्रशासनले मनाउन रोक लगाए पछि यो बर्षको छठ को रौनकता हराएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.