Websoft University

आइसोलेसनमा सामुहिक भाईटीका लगाए


सुनसरी मंसिर १ गते । रातो तारा डट कम, इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिनुभयो ।

११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिनुभयो । टीका,माला,सेलरोटी,फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुग्नुभएको थियो ।संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन । स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भन्नुभयो “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अव उहाँले भाई वनाउनुभयो,अव म दिदी भन्छु ”यस्तो अवस्थामा पनि टीका लगाइदिनुभएकोमा उहाँलाई हार्दिक धन्यवाद दिएको उहाँले वताउनुभयो । चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उहाँहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले वताउनुभयो । बर्षदिनको चाडवाडका वेला  संक्रमितभएर घर परिवार भन्दा टाढा वस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले वताउनुभयो । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.