Websoft University

माग पुरा नभएपछि २३ गते देखि सार्वजनिक यातायातका साधन बन्द गरिने !


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रदेश सरकार अर्थ मन्त्रालय जसले देशको आर्थिक नीति तथा कार्यक्रम योजना र बजेट तर्जुमा गर्नु पुर्व सरोकार पक्षहरु मार्फत कार्य योजना तय गर्नका लागि बिभिन्न निकायसंग पुर्व परामर्श, राय सुझाब लिने गर्दछ तर यातायात क्षेत्रलाई अपेक्षा गरि बजेट बिनियोजन जस्ता महत्व पूर्ण कार्यक्रममा सहाभागी नगराईनु उपेक्षा गरिनुले यातायात ब्यबसाय तथा यातायात मजुदरको आवाज नसुनिदा प्रदेश १ सार्वजनिक यातायात केन्द्रिय महासंघले आगामी कार्तिक २३ गते देखि बन्द आह्वान गरेको छ।

विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल प्रदेश १ ले बिगत समयमा आफ्ना माग राखी प्रदेश सरकारलाई पटक पटक ज्ञापन पत्र बुझाएर ध्यानआकर्षण गराउँदा सुनुवाई नभएपछि आगामी कार्तिक २३ आइतबारदेखि सार्वजनिक यातायातका साधन अनिश्चितकालिन बन्द गर्ने भएको छ।

बिहिबार  सुनसरी जिल्लाको इटहरी बसपार्कमा प्रेस बिज्ञप्ति जारि गरि महासंघले १ नं. प्रदेश भरिका सम्पूर्ण रोडमा चल्ने तिनपाङ्ग्रे देखि माथिका सबै सवारीसाधनहरु बन्द गर्ने जनाएको छ। लकडाउन अबधि प्रदेश सरकारले सार्वजनिक सवारीमा लिने सबै प्रकारको कर मिनाह गर्नु पर्ने, बैंक ब्याजदर सहुलियत गर्नुपर्ने,प्रदेश स्तरिय सार्वजनिक यातायात संरक्षण आयोग गठन गर्नु पर्ने, लकडाउनभरिको बिमा समयाअबधि बढाउनुपर्ने लगायत ९ बुँदे माग रहेको छ।

लकडाउन निकै मारमा परेको भन्दै हाल सम्म कुनै सम्बोधन सरकारले नगरेको भन्दै अटो तथा इ रिक्सा स्वरोजगार ब्यबसाय संघ ( जी फन्ड) अध्यक्ष भुपाल पौडेलले यातायात ब्यबसाय र यातायात मजदुरको माग सम्बोधन नभएमा सशक्त रुपमा अघि बढ्ने जानकारी दिए।

सरकारलाई पटक पटक ध्यान केन्द्रित गर्दा पनि आश्वाशन मात्र पाईयो भने समस्या जिउका तिउ नै छन्। सरकारले मौद्रिक नीति ल्याउदा यातायात ब्यबसायीको ठुलो आशा पलाएको थियो तर यसले पनि समेटन सकेन। सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश १ का महासचिव रमेश खत्रीले बताए।

सरकारले हाल सम्म यातायात ब्यबसाय र मजदुरको माग सम्बोधन नगरी लाली पप दिएर जुक्याएको आरोप लगाएका छन्। आश्वासन बाडेर झुक्याउने गरेर अहिले निकै मारमा परेको छ भने चाडपर्व नजिकिदै गर्दा बन्द गर्नु पर्ने स्थिति आएको हो सार्वजनिक यातयात मासंघका केन्द्रिय सदस्य दिपेन्द्र घिमिरेले बताए।

बन्दाबन्दीको मारमा परेका यातयात ब्यबसायी र यातायात मजदुरलाई उकास्ने राहत पुग्ने गरि नीति तथा कार्यक्रम र बजेटमा छुट्याएको हुँदा यातयात ब्यबसायीले सार्वजनिक सवारी साधन संचालन कार्तिक २३ गतेबाट बन्द गर्ने निर्णय गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.