Websoft University

मैत्रीपूर्ण फुटवल खेलमा बंगलादेशसँग नेपालको बराबरी भयो

काठमाण्डौ मंसिर ३ गते । रातो तारा डट कम,नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हिजो नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् । 

यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ । बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा बंगलादेशले नेपाललाई २–० ले हराएको थियो । 

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.