Websoft University

स्याफ्रुवेशी–रसुवागढी मार्ग पुनः सुचारु

काठमाण्डौ असोज २८ गते । रातो तारा डट कम, त्रिदेशीय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी मार्ग पुनः सुचारु भएको छ । वर्षात्मा पहिरो गएर अवरुद्ध रहेको सडकखण्ड पहिरो हटाएर सञ्चालनमा आएको हो । काठमाडांैदेखि छोटो दुरीको रसुवागढी नाका एक सय ५२ मिलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको छ । चीनले रसुवागढी नाकालाई सन् २०१७ को सेप्टेम्वर १ तारिखदेखि अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिइसकेको छ । नेपाल–भारत र चीन जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक पहिरो र अवरोध हटाएर सञ्चालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजना कार्यालय विदुरले जनाएको छ । अविरल वर्षाका कारण मैलुङदेखि स्याफ्रुबेसीसम्मको विभिन्न स्थानमा वर्षात्मा गएको पहिरोका कारण बन्द रहेको र रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक पुनः सञ्चालनमा आएको कार्यालय प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.