Websoft University

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक


 काठमाण्डौ २२ असोज । रातो तारा डट कम,गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ  गीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो । 


गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन । सुब्बा अफै राम्रो गायिका समेत हुन । 

उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन ओटा सोलो एल्बम रहेका छन् भने आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो ‘बनचरी’ । 

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् । 

साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौ उपत्यका छेउछाउँका ग्रामिण दृष्यहरु समेटिएका छन् । 

चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइती गाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्र भइ आमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमा अभिव्यक्त भएको संगीतकार साजन राईले बताए । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.