Websoft University

उत्तर कोरियाको आइसीबीएम नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने

 


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम, उत्तर कोरियाले  अमेरिका सम्म मार हान्न सक्ने दाबी गरिएको आइसीबीएम नामको क्षेप्यास्त्र सार्वजनिक गरेको छ । हिजो उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको आइसीबीएम नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताउनुभयो । उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ । 

सन् २०१८ र २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो । ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.