Websoft University

राप्रपा त्रय अध्यक्षको बैठक सम्पन्न ः डा.केसीको जिवन रक्षाको माग

काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम, राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै  आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विट मार्फत जानकारी दिनु भएकोे छ । अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तिव्र गतिमा  संगठन निर्माणमा लाग्ने समेत बताउनु भएको छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले जनाउनु भएको छ । आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत उहाँले व्यक्त गर्नु भएको छ ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.