Websoft University

९ जनामा कोरोना भाइरस देखियो


मोरङ- पथरी शनिश्चरे, १६ असोज । रातो तारा डट कम, मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ । कोभिड अस्पताल विराटनगरमा क्वारेन्टिनका ३ गरी ३६ जनाको स्वाब पठाएकोमध्ये २ महिला सहित ९ जनामा कोरोना देखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

जसमा, जनस्वास्थ्य निरीक्षक आचार्य सहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधि समेत परेका छन् । यसैबीच, नगर अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना देखा परेपछि अस्पताल व्यवस्थापन समितिको आजको आकस्मिक बैठकले अस्पतालका सम्पूर्णको पीसीआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालले सेवा प्रवाह रोकिने निर्णय गरेको छ । 

पीसीआर रिपोर्ट नआएसम्म विरामीहरुमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा बसाई रिपोर्टको अवस्था अनुरुप अस्पताल सञ्चालनको व्यवस्थापन गरिने भएको हो । विश्वमै कोरोनाको कहर भएको अवस्थामा नगरमा समेत बढेको कोरोना विरामीको अवस्थालाई हेरेर वाध्य भएर यसखाले निर्णय गर्नुपर्दा सेवाग्राहीमा पर्नजाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी रहेको व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागार्ईंले बताउनु भयो ।

नगरमा कोरोना संक्रमित बढेको अवस्थामा भोली विहान नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठक बस्ने भएको छ ।  नगर प्रमुख एवम् समन्वय समितिका संयोजक दिलीपकुमार राईले नगरवासीलाई कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले हात धुन वा सेनिटाइजर प्रयोग गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.