Websoft University

अवैध भन्सार छलिका सामान तथा अतिसवाजी पटाका सहित मानिस पक्राउ


बिराटनगर कार्तिक ३ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय मोरङको तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन बिपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएकोमा मिति २०७७।०७।०३ गते अन्दाजी दिनको १०.०० बजेको समयमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।४ लोहन्द्रा घाटबाट जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं। ४

नयाँ बजार वस्ने वर्ष ३६ दिलिप कुमार सहनीले अवैध रूपमा प्रज्वनलनसिल पदार्थ (झिरझिरे, खोर्सानी नागिन पटाका) तथा अतिसबाजी (पटाका) किराना (खाने जिरा, पापड, गुलाव जामुन आदी) फेन्सी (जेन्स बेल्ट, पर्स, पर्फ्युंम, आदी) , कपडा  ( जिन्स पाईन्ट, लेडिज कुर्ता, बच्चाको जामा, भेष्ट पाईन्ट कर्टन पाईन्ट आदी), बेल्सरी काँटी, वलवान खैनी जस्ता सामानहरु भन्सार चोरी निकासी छलि गरी ल्याई निजको आफ्नो घरमा मोज्दात गरि राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले कानून बमोजिम खानतलासी गरि सामानहरु सहित मानिस पक्राउ गरि  बरामद गरि आवश्यक कार्वाहीको लागि मूल  भन्सार कार्यालय रानी निम्न बमोजिमको अन्दाजी मूल्य रकम बराबर को मालसामान बुझाउने कार्य भईरहेको ।

साथै अतिसावाजी (पटाका) तथा प्रज्वलनशिल पदार्थलाई कानुन बमोजिम नष्ट गरिने व्यहोरा जानकारी गराईन्छ ।  

निम्न -

१० अन्दाजी मूल्य रु १,८०,००० बराबरको पटाका ।  

२० अन्दाजी मूल्य रु २३,००० बराबरको फेन्सी सामानहरु । 

३० अन्दाजी मूल्य रु ३३,००० बराबरको किराना सामान । 

४० अन्दाजी मूल्य रु ४६,००० बराबरको वलवान खैनी । 

५० अन्दाजी मूल्य रु ७,००,००० बराबरको विभिन्न किसिमका कपडाहरु । 

६० अन्दाजी मूल्य रु १२,००० बराबरको बालसेरी काँटी । 

जम्मा अन्दाजी मुल्य रु ९,९४,००० ।(नौ लाख चौरानब्बे हजार मात्र)     सूचना अधिकारी रप्रवक्ता 

      प्र।ना। उ।मान बहादुर राई

९८५२०३९३००


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.