Websoft University

प्रदेश १ मा आज ८५ संक्रमित थपिए, ३८ जना डिस्चार्ज


विराटनगर, ९ असोज । रातो तारा डट कम,प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ । 

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आईसोलेसन केन्द्र बाट ८, होम आईसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.