Websoft University

ठाकुरलाई प्रहरीले तत्काल पक्राउ



उदयपुर, २ असोज । रातो तारा डट कम,उदयपुरमा चार वर्षिय बालिका बलात्कारको सिकार भएकोछ । त्रियुगा नगरपालिका– ११ गाईघाटका १९ वर्षिय मनोज ठाकुरले छिमेकी बालिकालाई चक्लेट दिएर फकाई आफनौ कोठामा लगेर बिहिवार राती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए । 

 ठाकुर र बालिकाको घर आमन्ने सामने रहेको अबस्थामा साँझमा बालिका आफ्नै घर अगाडी खेलि रहदा ठाकुरले चक्लेट दिएर कोठा भित्र लगि बलात्कार गरेको हो । जिल्ला अस्पताल गाईघाटमा गरिएको स्वास्थ्य परिक्षणमा बालिकाको यौनी क्षतबिक्षत रहेको चिकित्सकले जानकारी दिएको छ । 
   
ठाकुरलाई प्रहरीले तत्काल पक्राउ गरि जबरजस्ती करणी सम्बन्धि मुद्धामा म्याद थप गरेर आवश्यक अनुसन्धान थालेको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद – १८ को जबरजस्ती करणीको दफा २१९ को (३) (क) को माग दाबी गरि म्याद थप गरिएको छ । सोही अनुरुप सजाय पाएमा ठाकुरलाई १६ वर्ष देखि २० वर्ष सम्म सजाय हुने ब्यवस्था गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.