Websoft University

कालो बजारी-कारवाही


विराटनगर असोज ४ गते । रातो तारा डट कम,महानगरपालिका वडा नं. ९ स्थितमा रहेको संजय कुमार गुप्ताले संचलान गरेको विजय कुमार योगेस पसल र ऐ, स्थितमा रहेको मुकेश कुमार सहनीले संचालन गरेको तनिसा ट्रेडर्स पसलमा प्याजहरु बजार मुल्य भन्दा बढी दर भाउ रेट राखी विक्रिवितरण गरी कालो बजारको कार्य गर्दै आएका छन भन्ने गोप्य सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं, ९ बस्ने श्याम प्रसाद गुप्ताको छोरा वर्ष ३८ को संजय कुमार गुप्ता, ऐ।बस्ने दिनेश दास सहनिको छोरा वर्ष २९ को मुकेश कुमार सहनीलाई हाल विश्व माहमारीको रुपमा फैलिएको कोरोना भाईरस समेतलाई मध्यनजर गरी प्याजहरु बजार दर भाउ रेट अनुसार विक्रिवितरण गर्नु पर्नेमा उक्त कार्य नगरी बजार मुल्य भन्दा बढीमा विक्रिवितरण गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिमको कसूर अपराध गरेको हुँदा निज व्यक्तिहरुलाई मिति २०७७।०६।०४ गते विराटनगर ९ गुद्री हटियाबाट पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही प्रकृया अगाडी बढाईएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.