Websoft University

मोरङका महिलाहरु कृषिमा नमुना उद्यमी बन्दै !

शिव भट्टराई,मोरङ भदौ २८ गते । रातो तारा डट कम,विश्व नै कोभीड १९ को महामारी बाट पिडित भइरहेको समयमा मोरङको बेलबारी नगरपालिका वडा  नं ७ स्थित परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले  आफ्ना सेयर सदस्यहरूलाई नमुना उद्यमी बनाउन सफल भएको छ।
यस संस्थामा आवद्ध २२०० जना महिला  सेयर सदस्य मध्य कोही बाख्रा पालन, कोही गाई पालन ,कोही भैंसी पालन, कोही कुखुरा पालनमा लागेका छन्। जस मध्ये बाख्रा पालनमा १२०० जना , गाई भैंसी पालनमा ३५० जना साथै कुखुरा पालनमा १५० जना व्यवसायिक रूपमा लागेका छन्।
देशमा बेरोजगारीको समस्या बढ्दै गएको समयमा यस सहकारी संस्थाले विशेष गरी महिलाहरुलाई व्यवसायिक कृषिमा जोड दिएर स्वरोजगार बनाई नाम जस्तै काम गर्दै आएको छ।
सेयर सदस्यहरूलाई उद्यमी बनाउनुको साथ साथै आफू पनि नमुना उद्यमी बनेकी छिन् सोही संस्थाकी अध्यक्ष गंगा श्रेष्ठ। उनी आफैंले एक हजार बोईलर कुखुरा , ६५ वटा बाख्रा , गाई भैंसी पालेर नमुना योग्य काम गरेकी छिन्।यति मात्र हैन उनले लगभग एक बिगाहामा विभिन्न जातको व्यवसायिक घाँस खेती गरेकी छिन्।

अध्यक्ष श्रेष्ठले कृषिमा पनि धेरै सम्भावना छ भन्ने कुरा प्रमाणित गरेकी छिन्।उनले पाठा पाठी बिक्रीबाट १ लाख ५० हजार , कुखुरा पालनबाट छ महिनामा तिन लाख , साथै १० धुरमा रहेको घाँस बिक्रीबाट ३ महिना मै १ लाख पचास हजार रुपैयाँ आए आर्जन हुने गरेको बताइन्। परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्था मोरङ जिल्ला कै कृषि सहकारी क्षेत्रमा यस्तो कार्य गर्ने पहिलो सहकारी संस्था रहेको उनको दाबी छ।

राज्यको तर्फ बाट गर्न नसकेको कृषि कार्यलाई यहाँका महिलाहरुले गर्ने आँटका साथ अगाडि बढेकाले राज्यबाट पनि आवश्यक सहयोग प्रदान हुन सके अझ व्यवसायीलाई हौसला प्राप्त हुने उक्त संस्थाकी सचिव उर्मिला राईले बताएकी छिन्।

कृषिमा भइरहेको प्रगति साथै आफ्ना सेयर सदस्यहरूलाई कृषि क्षेत्रमा कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी लिन जिल्ला कृषि संघ मोरङका लेखा सदस्य साथै अग्रणी सामुदायिक कृषि सहकारी संस्था दुलारीका अध्यक्ष सोभित पौडेलले यस सहकारी संस्थाको क्षेत्र भित्र रहेका कृषि व्यवसायहरुको स्थलगत अनुगमन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.