Websoft University

नेपालमा ४८ हजार एक सय ३८ कोरोना सङ्क्रमित भएको पुष्टी


 काठमाण्डौ भदौं २३ गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा थप नौ सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना समबन्धि जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४८ हजार एक सय ३८ कोरोना सङ्क्रमित भएको बताउनुभयो । 

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट मुक्त भइ घर फर्किनेको सङ्ख्या दुई हजार दुई सय ८७ जना रहेको छ । एकै दिन निको भएर घर फर्किनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो । यो सँगै हालसम्म कोेरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३२ हजार नौ सय ६४ पुगेको छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट सात लाख ८८ हजार  एक सय ७४ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ६ सय ११ पीसीआर परीक्षण भएका छन् । 

हालसम्म क्वारेन्टाइनमा रहनेको सङ्ख्या पाँच हजार तीन सय १० जना रहेका छन् यस्तै अब सकृय सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ६८ जना रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.