Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या ६७ हजार ८ सय ४ पुगे


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,नेपालमा थप ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।  काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा सङ्क्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ४ सय ९२ जना सङ्क्रमित थपिएका छन् । 

ललितपुर ५० र भक्तपुरमा ९५ जना कोरोना सङ्क्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना सङ्क्रमित १८ हजार ५ सय नाघेको छ । २४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.