Websoft University

नेपालमा आज सम्म सङ्क्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगे



काठमाण्डौ असोज २ गते । रातो तारा डट कम,नेपालमा बितेको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एकै दिन २ हजारभन्दा बढी सङ्क्रमित थपिएको यो पहिलो पटक हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घण्टामा २ हजार २० सङ्क्रमित थपिएको बताउनुभयो । योसँगै नेपालमा हालसम्मको जम्मा सङ्क्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोनामुक्त भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

कोरोनामुक्त हुनेको हालसम्मको संख्या ४३ हजार ८ सय २० पुगेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.