Websoft University

गण्डकी प्रदेशमा आज बिहान थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भए


काठमाण्डौ भदौं २२ गते । रातो तारा डट कम, गण्डकी प्रदेशमा आज बिहान थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना सङ्क्रमित भएका छन् । गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुईजना र तनहुँको व्यास नगरपालिकामा तीनजनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । कास्कीमा थपिएका मध्ये चारजना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन् । यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ । सङ्क्रमित भएका अरु सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका सङ्क्रमित हुन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.