Websoft University

व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न स्वास्थ्यकर्मीलाई मन्त्री घिमिरेको आग्रह


विराटनगर, ७ असोज । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गर्नु भएको छ । उहाँले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन आग्रह गर्नुभयो । 

झापाको अर्जुनधारा नगरपालिकामा शनिश्चरे अस्पतालको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो आग्रह गर्नुभएको हो । स्वास्थ्यकर्मीका समस्या सरकारले संवोधन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वास्थ्यकर्मीका समस्या समाधानका लागि सरकार तयार छ ।’ मन्त्रि घिमिरेले सरकारको निर्देशन अनुसार काम गर्न उहाँले स्वास्थ्यर्मीलाई आग्रह गर्नुभयो । आजदेखि सञ्चालनमा आएको १५ वेडको शनिश्चरे अस्पतालका लागि मानव संसाधन, भौतिक व्यवस्था, उपकरणको लागि प्रदेश सरकारले आवस्यक सहायता गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।

अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक राज्यमन्त्री जसमाया गजमेर, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगर लगायतले बोल्नु भएको थियो । 

यसैवीच अर्जुनधारामा सामाजिक विकास मन्त्री घिमिरे र स्वास्थ्यकर्मीवीच अन्र्तक्रिया  पनि गरिएको छ । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीका समस्याबारे जानकारी लिनुका साथै उनीहरुलाई आवस्यक निर्देशन पनि दिनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.