Websoft University

नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुगे



काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,आजको २४ घण्टामा १३ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज नेपालमा प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा सङ्क्रमण पुष्टि भएका छन । आज नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुगेकोछ ।

उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९ सय ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७ सय ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षिया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ । ललितपुरका ७५ वर्षका महिला र भक्तपुरका ७२ वर्षका महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.