Websoft University

निषेधाज्ञा खुकुलो भए पनि मानिस जमघट हुने व्यावसाय खोल्न पाइने छैन्


काठमाण्डौ भदौं २५ गते । रातो तारा डट कम, काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएको छ । निषेधाज्ञाका स्वरुप उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले परिवर्तन गरेका हुन् । 

मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको निषेधाज्ञाको स्वरुप हिजो स्वीकृत भएको हो । निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ स्वरुप तयार पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो । 

तर होटल रेष्टुरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्द नै रहनेछन् । निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चमा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न पाइने छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.