Websoft University

सामाजिक विकास मन्त्री घिमिरे संक्रमणमुक्त


विराटनगर १ असोज । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनु भएको छ । 
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उहाँको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उहाँ संक्रमणमुक्त हुनु भएको हो । 
मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उहाँ होमआईसोलेसनमा बस्नुभएको थियो । 
यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उहाँको रिपोर्ट पुन ः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.