Websoft University

भारतमा कोरोना सङ्क्रमितको संख्या ४२ लाख नाग्यो–७१ हजार बढीको मृत्यु–भारत कोरोनाको आकडामा पहिलो नम्वरमा पुग्दै, भारतिया जनता परिसान, सरकार र पत्रकार गोलाबारुद्घको कुरामात्र गर्दै छन ।


काठमाण्डौ भदौं २२ गते । रातो तारा डट कम, छिमेकी मुलुक भारत धेरै कोरोना सङ्क्रमित हुने मुलुकको सूचीमा ब्राजिललाई पनि उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ सङ्क्रमित थपिएसँगै भारत दोस्रो स्थानमा आइपुगेको हो । 

भारतमा एकैदिन थपिएको सङ्क्रमितको यो संख्या हालसम्मकै उच्च हो । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने सङ्क्रमणदर घट्दै गएको छ । भारतमा भने सङ्क्रमण झन् बढ्दैगएकोछ ।  कूल सङ्क्रमितको संख्यामा अब भारत भन्दा अगाडि अमेरिका मात्र रहेको छ । 

भारतमा कूल सङ्क्रमितको संख्या ४२ लाख माथी पुगेको छ । कोरानाका कारण ७१ हजार बढीको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.