Websoft University

मा.प्रदेश प्रमुखलाई लोक सेवा आयोगको प्रतिवेदन


भदौ २८,  बिराटनगर । रातो तारा डट कम, लोक सेवा आयोग प्रदेश नं. १ ले आज प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूलाई प्रथम वार्षिक प्रतिवेदन २०७६÷२०७७ बुझाएको छ । कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सन्चार माध्यमद्वारा प्रदेश लोक सेवा आयोगका अध्यक्ष मा. उत्तम कुमार भट्टराईले सो विषयमा प्रमुख ज्यूलाई जानकारी गराउँनु भयो ।
प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाब मात्र रहेको छ । यसलाई मात्र  अध्ययन तथा मूल्याङ्कन गर्दा पनि प्रदेश लोक सेवा आयोगलाई काम गर्न सहज नरहेको देख्न सकिन्छ ।
यस विषम परिस्थितिमा पनि प्रदेश लोक सेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्ष लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको छ भने प्रदेश लोक सेवा आयोगले गराएको ध्यानाकर्षण र सुझाबहरुलाई सम्बन्धित निकायले समयमै विचार पु¥याए राम्रो हुने धारणा वहाँको रहेको छ ।
प्रदेश लोक सेवा आयोगको सदस्यहरुमा मा.टीकादत्त राई र मा.सजना दाहाल पनि हुनुहुन्छ । लोक सेवा आयोगले वार्षिक रुपमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने प्रवधान अनुरुप यो प्रतिवेदन बुझाइएको स्रोतले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.