Websoft University

लागु औषध व्राउन सुगर सहित १ जना पक्राउ


सुनसरी भदौ ३१गते । रातो तारा डट कम,  ईटहरी उमनपा वडा न. ५ स्थित खेती खोला एरियामा अबैध लागु औषध व्राउन सुगरको  ओसार पसार खरिद विक्री हुदै छ भन्ने गोप्य सुचनाको आधारमा मिति २०७७।०५।२९ गते अ. १५;३० वजेको समयमा प्रहरी टोली उल्लेखित एरिया ईलाकामा पुगी उक्त खेती खोला पुर्व पश्चिम राजमार्जको उत्तर तर्फको सडक किनारमा रहेको कदमको रुखको  फेदमा जि.सुनसरी ईटहरी उमनपा वडा न. ५ वस्ने   गोविन्द कार्की ढोलीको छोरा वर्ष २३ को सुजन कार्की ढोलीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा निजले लगाएको पाईन्टको पछाडीको वाँया पट्टीको गोजीमा चुरोटको वट्टा भित्र सानो सानो प्लाष्टिकको पोका पारी १६ पोका वनाई लुकाई छिपाई  राखेको अवस्थामा व्राउन सुगर जस्तो देखीने अबैध लागु औषध २.८२ ग्राम फेला परेकोले  निजलाई पक्राउ गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात आजै सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीवाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य  भैरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.