Websoft University

गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक



काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम,गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गा उँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ।एस।आर डिजिटल मार्फत सार्वजनिक गरिएकोहो । म्युजिक(भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो । 

दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिने भएका छन् ।  ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ ।

साजन राईको आवाज रहेको ूगाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीपजोशीले मिक्सिङगरेकाहुन् । भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.