Websoft University

शुक्रबार रातीदेखि लकडाउन गरिने


मोरङ पथरी शनिश्चरे, २२ साउन । रातो तारा डट कम, मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले साउन २३ ( शुक्रबार ) राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई लकडाउन गर्ने निर्णय भएको छ ।
पथरी शनिश्चरे नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
नगर प्रमुख तथा कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खुला राख्ने निर्णयगरेकोछ । जसमा, कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
 साथै अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन र बैंक तथा वित्तीय संस्था वन्द रहनेछन्  । 
 लकडाउनलाई प्रभावकारी बनाउन विशेष गरी वडा नम्वर ५ र ६ को नगरको सिमा क्षेत्रमा प्रहरी र ‘प्रहरीको साथी म’लाई परिचालन गरिने पनि निर्णय भएको छ ।
 कोरोना संक्रमण हुन नदिन छुट्टै क्वारेन्टिन रहेको र आवश्यक परेको खण्डमा नगरले अस्पतालमा आइसोलेसनको व्यवस्था समेत गर्ने भएको छ । 
 हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय भएको छ ।
 लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ ।  लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.