Websoft University

अव नगर प्रवेश गर्नेको विवरण लिइने


काठमाण्डौ भाद्र २  गते । रातो तारा डट कम, भक्तपुरमा कोरोना भाइरस सङ्क्रमितहरू बढ्न थालेपछि भक्तपुर नगरपालिकाले नगर क्षेत्र प्रवेशमा कडाइ गरेको छ । भक्तपुर नगर छिर्ने मुख्य नाकाहरूमा कर्मचारी खटाएर हिजोदेखि कडाइ गरेको हो । 

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा कर्मचारी खटाएर भदौ १ गतेदेखि नगर प्रवेश गर्नेहरूको विवरण संकलन गर्न थालेको जानकारी दिनुभयो । भक्तपुर नगरमा कोरोना भाइरस सङ्क्रमितको सम्भावित प्रवेशलाई नियन्त्रित गर्ने उद्देश्यले यस्तो गरिएको उहाँले बताउनुभयो । 

प्रजापतिका अनुसार भक्तपुर नगर प्रवेश गर्ने प्रमुख नाकामध्ये पूर्वतर्फ च्याम्हासिंह–ताथली–नाला सडक र पश्चिम सल्लाघारी–व्यासी–नगरकोट सडक र दूधपाटीमा कर्मचारी खटिने छन् । त्यस्तै जिल्लाकै चाँगुनारायण नगरपालिका भएर भक्तपुर नगर प्रवेश गर्ने नाकाहरुमध्ये खसाङखुसुङ खेला पुल, वन्ती, खरिपाटी, यातु महादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, थुसाचा र हनुमानघाट नाकामा पनि नगर प्रवेश गर्नेहरुको विवरण संकलन गरिनेछ । 

त्यस्तै, सूर्यविनायक नगरपालिका भई भक्तपुर नगर प्रवेश गर्ने नाकाहरुमध्ये भेलुखेल, राममन्दिर, बाराही र सल्लाघारीमा पनि कडाइ गरिने नगर प्रमुख प्रजापतिले बताउनुभयो । उहाँका अनुसार ती नाकाहरुमा पर्यटन सेवा केन्द्र अन्तर्गतका कर्मचारीहरू खटिने छन् । कोरोना भाइरस महामारीले अहिले पर्यटन क्षेत्र ठप्प छ । 

बाह्य पर्यटकहरुको आवागमन रोकिएको छ । नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग सेवा शुल्क संकलन गर्न नगर प्रवेश गर्ने प्रमुख १४ स्थानमा पर्यटन सेवा केन्द्र स्थापना गरेको छ । सोही केन्द्रमा परिचालन हुँदै आएका कर्मचारीहरुलाई नपाले निर्धारण गरेका नाकाहरूमा खटाउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.