Websoft University

गर्भपतन गराउने पोलीक्लीनिक सन्चालक पक्राउ

श्याम राई,गाईघाट ३ भदौ । रातो तारा डट कम,अवैध गर्भपतन गराएको आरोपमा प्रहरीले एक पोलीक्लीनिक संचालिका लाई मंगलबार पका्रउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालीका ७ विपी चौक स्थीत हिरा  पोलिक्नीकका संचालिका ३६ वर्षिया हिरा चौधरी पका्रउ परेकी हुन । सोमबार राती स्थानीय एक युवती को अवैध गर्भवतन गराएको गोप्य सुचना को आधारमा चौधरी लाई वेलटार प्रहरी ले पका्रउ गरेको हो। पका्रउ परेका विरुद्ध अनुसन्धान भैरहेको प्रहरी निरिक्षक वुद्धि चौलागाई ले बताए । उक्तक्लीनिकले धेरै वर्ष देखी नै अवैध रुपमा गर्भपतन गराउदै  आएको खुल्नमा आएको प्रहरीले जनाएको छ । जिल्लामा उदयपुर अस्पताल, कटारी अस्पताल, वेलटार, रामपुर र देउरी स्वास्थ्य चौकिले मात्र कानुन ले तोके बमोजिम गर्भपतन गराउन पाउने अनुमती छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.