Websoft University

एकै परिवारका ७ जना सक्रमित थपिए

 
मोरङ बेलबारी । रातो रारा डट कम, मोरङको बेलबारीमा एकै दिन १० जना थपिएका छन ।थपिएका मध्ये एकै परिवारका ८ जना रहेका छन । 
उनिहरु बेलबारीको १ र २ नम्बर वडामा बसोबास गर्ने गरेका थिए ।  परिवारका एक सदस्यमा एक हप्ता अघि कोरोना सक्रमित भएपछि उनका परिवारका सदस्य तथा सम्पर्कमा आएका जम्मा २१ जनाको परिक्षण गर्दा १० जनामा पुष्टी भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । विश्वकर्माका अनुसार सक्रमित हुने १२ बर्ष देखी ६६ बर्ष उमेर समुहका रहेका छन । सक्रमति हुनेहरु ७ महिला र १ पुरुष रहेका छन । सक्रमित हुनेहरुलाई कोभिड अस्पताल लैजाने तयारी भइरहेको विश्वकर्माले बताउनु भयो  । 
१० जना बढे सगै बेलबारीमा सक्रमितको सख्या १८पुगेकोछ । जसमा ४ जना निको भएर घर फर्की सकेका छन भने अन्य ४ जना कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ । 
यता बेलबारी नगरपालिकाले भने हिजोराति १२ बजे देखी १ हप्ता सम्मका लागि लकडाउनलाई बढाएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले लकडाउनको पुर्ण पालना गरी घरमै वसि सहयोग गरीदिन समेत आग्रह गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.