Websoft University

गढीमाई बाहिनीका ४२ प्रहरीमा कोरोना सङ्क्रमित भएको पुष्टि


काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम,चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । 

बाहिनीका आठ जनामा पनि कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको हो । 

९ जनालाई ज्वरो आएकोमा निको हँुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । गएराति कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका रहेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.