Websoft University

रातो र पहेलो प्याजबाट सल्मोनेला भन्ने रोग फैलदै–अव प्याज खानेहरु होसियार, भारतिय प्याज नेपाल आउन सरकारले रोक लगाउनु पर्यो ।



बिराटनगर साउन २५ गते । रातो तारा डट कम, रातो र पहेलो प्याजबाट “सल्मोनेला” भन्ने रोग फैलदै–अव प्याज खानेहरु होसियार, भारतिय प्याज नेपाल आउन सरकारले रोक लगाउनु पर्यो ।
अहिले बजारमा पाइने भारतबाट आएत भएका पहेलो र रातो प्याजबाट नेपालमा पनि क्यानडा र अमेरिकामा हाल फैलिएको “सल्मोनेला” संक्रमण मानिसको आन्द्रामा लाग्ने सरुवा रोग नफैलिएला भन्न सकिदै, त्यसैले नेपाली जनताको स्वास्थ्यलाई ख्याल गर्दै, बेलैमा भारतबाट नेपाल आउने प्याज तुरुन्तै नेपाल सरकारले रोक लागाउनु पर्ने भएकोछ ।

अमेरिकाको थोमसन इन्टरनेशनल कम्पनीले भारत लगाएत बिभिन्न देशहरुबाट खरिद गरी अमेरिका पुप्र्याएको रातो र महेलो प्याज खाएर अमेरिकाका ३४ राज्यका करिव ४ सय मानिस र क्यानडाका ६० जना भन्दा बढीमा प्याज खाएकै कारणबाट “सल्मोनेला” संक्रमण बिभिन्न प्रकारका सरुवा रोग अहिले लागेको बिषयलाई अनुसन्धान भइसकेको छ ।

अमेरिका कै स्वास्थ्य संगठन (सिडिसी)ले रातो र पहेलो प्याज खाने मानिसहरुले बेलैमा सावधानी अपनाउन आवाहान समेत गरिसकेकोछ । सिडिसीले रातो र पहेलो करोडौमा आएत गरिएको प्याज जहाबाट खरिद भएको हो सोहि देशमा पुगाउन वा नपुगाए तुरुन्तै सडाउन समेत भनेकोछ ।

यो सबै कुरा अमेरिकाको फ्रुट एण्ड ड्रग एडमिनिस्टेशन ले लामो समय सम्म अनुसन्धान गरेर रातो र पहेलो प्याज खाएकै कारणबाट “सल्मोनेला” संक्रमण मानिसको आन्द्रामा लाग्ने सरुवा रोग फैलिए हो भनेर बताएकोछ ।

“सल्मोनेला” संक्रमण मानिसको आन्द्रामा लाग्ने सरुवा रोग भएकाले यो रोग खास गरेर ५ वर्षका नानीहरुमा र ६० पुगेका मानिसहरुमा छिटो फैलने गरेको पुष्टी भएकोछ । त्यहा रातो र पहेलो प्याज नखान सबैलाई सुचना जारी गरी भएकोछ । आफु संग भएका प्याज सबै खाण्डोमा पुरी सुरक्षित हुन अनुरोध गरेकोछ । नेपालले पनि बेलैमा भारतबाट नेपाल आउने रातो र पहेलो प्याज तुरुन्तै रोक्नु उचित हुन्छ । (स्रोत दैनिक अनलाइन टिभी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.