Websoft University

भीडभाड नहुने गरी सेवा दिन बंैकहरुलाई राष्ट्रबैंकको निर्देशन



काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम, नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडभाड नहुने गरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएकोहो ।

नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताउनुभयो । 

राष्ट्र बैंकले सुरुमा प्रति बैंक ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोध पछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र बैंकको तयारीपछि बैंकहरुले आजदेखि थप शाखाहरु खोल्न थालेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.