Websoft University

नेपालमा आज सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगे


काठमाण्डौ भाद्र ४ गते । रातो तारा डट कम,गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप दुइ सय जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा एक सय ७४ जना रहेका छन् भने ललितपुरमा १८ र भक्तपुरमा आठ जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित जानकारीका क्रममा गत २४ घण्टामा देशभर भने सात सय सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै देशभर सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर दुइ सय ४६ जना छन् भने देशभर निको हुनेको सङ्ख्या १७ हजार नौ सय ६४ पुगेको छ । हाल देशभर ११ हजार पाँच सय ५५ सक्रिय सङ्क्रमित रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.