Websoft University

कोसी अस्पतालका सेवाहरु सुरु


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,विराटनगरस्थित कोसी अस्पतालको बहिरंग सेवा (ओपीडी) आजदेखि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिन थालेपछि अस्पताल व्यवस्थापनले बिहीबारदेखि अनिश्चितकालका लागि ओपीडी बन्द गरेको थियो । स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा सङ्क्रमण नदेखिएकोले बन्द सेवा पुनः सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताएका हुन । गत शुक्रबारदेखि आइतबारसम्म कोसी अस्पतालमा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ८ रहेको छ । जसमा एक चिकित्सक, चार स्टाफ नर्स र तीन सहयोगी कर्मचारी छन् । यसमा इन्चार्जसहित बहिरंग सेवा (ओपीडी) कै तीन कर्मचारी रहेको पनि डा दासले बताएका हुन । कोसी अस्पतालमा चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मी कार्यरत छन् भने सामान्य दिनमा औसत दिनहुँ १ हजार २ सय सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित सबैको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको र अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.