Websoft University

अवैध सामान बरामद


बिराटनगर साउन २१ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. १६ स्थित दरैया चोक छेउमा अवैध रूपमा भन्सार छलि गरी भारतबाट नेपालतर्फ ल्याई रहेको सुर्ती १ बोरा, बिडी ४५ प्याकेट र मडुवा खैनी २६ प्याकेट अन्दाजी १० हजार बराबरको सामान ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको । मोरङ कटहरी गाउँपालिका वडा नं. २ स्थित गुद्री चोक नजिक जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १९ को मो.मुर्सिदले चलाएको को २ ह ७६२४ नम्बर को अटो टेम्पोमा ऐऐ बस्ने बर्ष ३५ को समिर आलम समेतले अवैध रूपमा भन्सार छलि गरी अन्दाजी ४ लाख ७ हजार ८ सय ८० मुल्य बराबरको लत्ताकपडा लोड गरी ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.