Websoft University

सेतीदेवी मेडिकल राम्चेले ६० रुपैयाँ पर्ने औषधि २४ सयका दरले औषधी विक्री गरेकोे पाइयो


काठमाण्डौ असार २० गते । रातो तारा डट कम,सिन्धुपाल्चोकका केही मेडिकल कमाउ धन्दामा लागेका छन् । ति मेडिकलहरुले लकडाउनको फाईदा उठाउदैं आर्थिक अनियमिता गरिएको प्रमाण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिका बजार क्षेत्रका मेडिकल फार्मेसीहरुमा हिजो गरिएको अनुगमनमा अनियमिता भेटिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले  बताउनुभयो । 

उहाँका अनुसार सोही नगरपालिकाको सेतीदेवी मेडिकल राम्चेले २४ सयका दरले औषधी विक्री गरेकोे पाइएको हो । मेडिकलले अनियमिता गरिरहेको छ भन्ने सूचनाको आधारमा हामीले नै औषधी किन्न पठाउँदा त्यस्तो प्रमाण पायौं, नगरप्रमुख शेर्पाले भन्नुभयो । मेयर शेर्पाका अनुसार नेपाल सरकारले निशुल्क एबोसनको औषधी वितरण गरेपनि बढीमा ६० रुपैंया पर्ने औषधीलाई सेतीदेवी मेडिकलले २ हजार ४ सय रुपैंया लिएको हो ।

 त्यस्तै सोही मेडिकलले औषधी विक्रीवितरण गर्दा विल नदिएको पाईएको छ । प्राय सबै मेडिकल हलमा चिकित्सकको सिफारिस बिनानै औषधी विक्री गरेको पाईएको नगरस्वास्थ्य शाखाले जनाएको छ।  हिजोको अनुगमनबाट एउटा प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय, जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ति सबै ५ वटा मेडिकलहरुलाई लिखित स्पष्टीकरणको लागि नगरस्वास्थ्य शाखाबाट पत्रचार गर्ने र कारवाहीको प्रक्रिया समेत अघि बढाउने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.