Websoft University

अरनिको राजमार्ग खण्डको किनारामा बृक्षरोपण



काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम,अरनिको राजमार्ग खण्डको किनारामा आज बृक्षरोपण गरिएको छ । ४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा मध्यपुरथिमि नगरपालिकाको गठ्ठाघरमा राजमार्गको दक्षिण तर्फ तीन किलोमिटर क्षेत्रफलमा बृक्षारोपण गरिएको हो । कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा सडक किनारामा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर कम्युनिष्टको क्रान्ति अगाडि बढेको बताउनुभयो । उहाँले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदानलाई कहिल्यै भुल्न नहुने चर्चा गर्दै देश जटिल अबस्थामा मोडिएको वर्तमान समयमा कम्युनिष्ट एकतालाई दृढ रुपमा कायम राख्नु पर्ने औल्याउनुभयो । जनताको विश्वासलाई मर्न दिन नहुने बताउदै उहाँले जनचाहना अनुसार नै कम्युनिष्ट एकतालाई मजबुद बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.