Websoft University

प्रहरी जवान आधारभुत तालिम १३७ औ समुहको दिक्षान्त समारोह सम्पन्न


बिराटनगर, असार २२ गते । रातो तारा डट कम,प्रहरी जवान १३७ औ समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।  १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा  ५८७ जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा( १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा( ९८ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित भएका हुन् ।

मिति २०७६ साल श्रावण २० गते देखी संचालित प्रहरी जवान १३७ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।  

दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले सफत ग्रहण गराउनु भएको थियो । १३७ औ समुहको दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले कोभिड (१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक, संचारकर्मी तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, नेपाल प्रहरी मार्फत राष्ट्रको सेवा गर्न प्रहरी संगठन रोजेकोमा दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भएको छ । साथै वाहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिनु भयो । 

सोही  कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारीका( २०७७ को बिमोचन समेत गर्नु भएको थियो । तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान बिजय सिंह कार्की लगायत विभिन्न १० बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भयो।
दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुहुदै दिक्षित भई जाने प्रहरी जवानहरुले तालिम अवधी भर सिकेका ज्ञानको कार्य क्षेत्रमा अक्षरस पालना  भएमा नेपाल प्रहरीको चुनौतिको बिषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने बिश्वाश ब्यक्त गर्नु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.