Websoft University

सुन्दरहरैंचा वडा नम्बर १२ द्वारा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षारोपण गरेको छ । इन्दपुर स्वास्थ्य चौकीको परिसरमा धुपी, स्वमी, साइक्रस, आँप लगायत अन्य विभिन्न प्रजातिका ५५ वटा विरुवाहरु रोपीएको छ । सोमबार वडा नम्बर १२ का वडा अध्यक्ष रोशनप्रसाद ढकालले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । रोजगार कार्यक्रममा सहभागी हुन यस वडामा १७ जनाले फारम भरेर रोजगार पाएका हुन् ।

पाँच दिन सम्म काम गरेका उनीहरुले दैनिक ५ सय ५० रुपैँया प्राप्त गर्ने साथै वडा कार्यालयले कोभिड १९ को महामारीमा राहत पाउने परिवारलाई प्राथमिकताका साथ यो रोजगार कार्यक्रममा समाबेस गरिएको वडा सचिव अनिल पोख्रेलले बताए ।

वृक्षारोपण कार्यक्रममा वडाअध्यक्ष रोशन प्रसाद ढकालले यो स्वास्थ्य संस्थामा वार्षिक ३८ हजार सेवाग्राहिहरु आउने र विरामी भएर उपचार गराउन आउदा पहिले फोहोर, झाडी भएकोले स्वास्थ्य संस्थालाई हराबरा स्वच्छ बनाउन यो कार्यक्रम गरिएको बताए । यस्तै स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पतालको रुपमा विकास गर्न पहल भइरहेको समेत वडा अध्यक्ष ढकालले बताए ।
स्वास्थ्य चौकीका प्रमुख लिलामणी दाहालले स्वास्थ्य जस्तो सम्वेदनसील ठाउँमा जस्तो सुकै विरामी आए पनि सुन्दर रमणीय ठाउँ देखेर थोरै भए पनि विरामीलाई शान्त महसुस हुने बताउदै यसलाई संरक्षण र सम्बर्द्धन गर्न लागीपर्ने बताए ।

यस नगरपालिकामा रोजगार कार्यक्रम वडा नं. ४, ६, ७, १० र १२ मा विभिन्न रोजगारमुलक आयोजनाहरु संचालन भइरहेको र वडा कार्यालय बाट सिफारिस भई रोजगार सेवा केन्द्रमा सूचीकृत भएका ८२ जना बेरोजगार हरुलाई रोजगारी प्रदान गरिएको यस नगरपालिकाका रोजगार संयोजक दिनेश घिमिरेले बताए । यसैगरी आगामी आर्थिक वर्षमा यस कार्यक्रममा सामेल हुन आवेदन खुलेको समयमा वडा कार्यलयमा आवेदन दिएर लाभ लिन सकिने उनको भनाई छ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावद्ध ढंगले तिनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको हो ।उक्त कार्यक्रममा जनप्रतिनिधि, इन्द्रपुर स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्यकर्मी ,संचारकर्मी लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.