Websoft University

५ सय ५१ घर लाई झन्डै १५ लाख मुल्य बराबरको राहात बितरण


गाइघाट २६ असार । रातो तारा डट कम,जाल्पा एकिकृत बिकास समाज उदयपुरले वल्ड भिजन इन्टरनेश्नल नेपाल संग को साझदारीमा कोविड १९ को कारण लकडाउनको मारमा परेका त्रियुगा नगरपालिका, लिम्चुङवुङ र रौतामाई गाउपालिका का ५ सय ५१ घर लाई झन्डै १५ लाख मुल्य बराबरको राहात उपलब्ध गराएको छ । 

कोरोना संक्रमणको कारण सरकारले जारी गरेको लामो समय देखीको लकडाउनको कारण काम गरेर खाने बिपन्न  परिवार लाई हात मुख जोडने समस्या परेको ले जाल्पाले स्थानिय तह संग समन्वय गरी दाल, चामल,चिनि, नुन, तेल, सावुन, लगाएतका खाद्ध सामागी्र उनीहरुलाई बुधबार वितरण गरेको हो । वितरीत खाद्ध सामागी्रहरु मध्ये रौतामाई मा ३ सय ८० घर, लिम्चुङवुङमा ९० घर र त्रियुगा नगरपालीका को १५ वडाका ८१ घर लाई प्रतिघर ३० केजि चामल , दाल ३ केजि, नुन २ केजि, चिनी  २ केजि, तेल २ लिटर ,र नुहाउने सावन ४ वटा को दरले वितरण गरेको जाल्पाका सुचना अधिकारी रुद्ध पोलरेलले वताए । 

त्यसैगरी उक्त संस्थाले जिल्लाको त्रियुगा नगरपालीकालाई ६३ सेट, रौतामाईलाई २१ सेट, र ताप्ली गाउपालीकालाई १६ गरी जम्मा १ सय थान हाइजेनीक सामागी्रहरु उपलब्ध गराएको अधिकृत पोखरेलले बताए । भारत लगाएतका मुलुक बाट आएर क्वारेन्टीनमा वसेकाहरुको लागी ति सामागी्रहरु उपलब्ध गराएको उनले बताए । 

जाल्पाले ेउदयपुरको  बिभिन्न क्षेत्रमा विपद व्याबस्थापन, शिक्षा तथा बाल स्पोन्सर कार्यक्रम विगत १० बर्ष देखी संचालन गर्दै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.