Websoft University

नौमति बाजा संरक्ष्ण गर्दै बेलबारी नगरपालिका


बेलबारी मोरङ । रातो तारा डट कम, बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण गर्न थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । 

सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गर्नु भएको छ । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवा पुस्तालाई नौमती बाजामा रुचीको विकास गर्ने लगायताको बिकास गर्नका लागि नौमति बाजा र ड्रेस हस्तान्तरण गरीएको नगर प्रमुख सुवेदीले बताउनु भयो । नौमति बाजाको संरक्षणवाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास समेत लिएको नगर प्रमुख सुवेदीले बताउनु भयो । 

 नेपाली कला, संस्कृति र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् । विशेषगरी नौमति बाजाको धून पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमति बाजा वजाउने गरिन्छ । 

दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली रहेको र नौमति बजाउने हरुलाई एक एक थान कपडा बितरण गरीएको छ । नौमति बाजा लिदै परिवार समाजले संरक्ष्ण सगै आमदानि गर्ने बताएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.