Websoft University

गछिया खोलामा आएको बाढीले बाध र तटबन्ध भत्किदा अन्दाजी ४० लाखको क्षति


शिव भट्टराई,मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका ६  र ७ मा   सिचाई तथा जल प्रकोप उत्पन्न कार्यक्रम अन्तरगत ३ करोडको रकममा बाध निर्माण संगै  गछियाको खोलाको तटबन्ध गरिएको थियो । 

अबिरल वर्षा  संगै आएको गछिया खोलाको बाढीले  निर्माण गरिएको बाध र तटबन्ध  भत्किदा स्थानिय त्रसित बनेका छन्। खोला नजिक  नजिक बस्ती छ। भत्किएको क्षेत्र समयमै तटबन्ध गरिएन भने मानव बस्तीलाई क्षति गर्ने वडा -६ का वडाअध्यक्ष जीवन कुमार राईलेले बताए। राईले ३६ देखि ४० लाख जतिको क्षति भएको अनुमान गरेको छ।

गछिया खोलाले सुन्दरहरैंचाको वडा ३, ४ , ६ र ७ हुँदैबग्छन । बर्खा याम सुरु भएपछी यहाँका जनता निकै त्रसित हुन्छन। गत बर्ष आएको बाढिले पनि निकै क्षति भएको स्थानिय बताउछन। सुन्दरहरैंचा वडा ६ का स्थानीय  वसन्त भण्डारीको घर गछिया खोला नजिकै छ। तटबन्ध सपन्न गरेपनी आएको बाढिले तटबन्ध भत्काउदा उनी त्रसित छन।

वडा - ६  जुन गछिया खोला र तेलिया खोलाको बिचमा छ बाध निर्मागरी सुरु गरेको तटबन्ध भतिएको पछि  बस्ती जोखिम सगैं त्रसित बनेको छ। यदि भत्किएको क्षेत्रको निर्माण र ब्यबस्थापन गरेन भने बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय  कमल अधिकारीले बताए  ।

त्यस्तै महेन्द्र राजमार्ग संगै  बगेको गछिया खोला पुल नजिक दुबै तर्फ बस्ती छ। पुल पनि जिर्ण बन्दै गएको छ। मनसुनको समयमै सुरुभएपछी अबिरल बर्षाले खोलामा तटबन्ध भत्किदा   वडा ७ को गछिया बस्ती पनि जोखिममा छ।  बाढीले मानव बस्तिलाई क्षति गर्छ भनेर त्रसित बन्दै गरेका स्थानीय क्षेकवार र तटबन्ध गर्न बांस, स्याउलाको प्रयोग गरि  बस्ती जोगाउन स्थानिय उतम श्रेष्ठ लगायत समुदाय लागि परेका छन।

सुन्दरहरैंचामा गछिया  खोला जस्तै बुढिखोला, खादम खोला, लोहन्द्रा लगायत खोलाले समेत मानवबस्ती संगै बर्षेनी जग्गा कटान गर्दै आएको छ । यसै गरि बर्षा नरोकिने हो भने बिगत बर्ष झै बुढी खोलाले  मानवीय क्षति  गरेको घटना समेत दोहोरिन नसक्ने भन्न सकिन। यसमा समयमै सचेत हुन जरुरी छ भने स्थानिय, प्रदेश तथा संघिय सरकारले पनि बाढी  नियन्त्रण तथा तटबन्धनका काम समयमै सपन्न गर्न सके बस्ती जोखिमबाट बचाउन सकिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.