Websoft University

नेपालमा प्रतिवन्धित माछा प्रहरीले बरामद गर्यो


बिराटनगर साउन ५ गते । रातो तारा डट कम,भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित माछा (Cat fish)बिराटनगर नाका हुदै सुनसरी इनरुवा तर्फ आउदैछ भन्ने विशेष सुचनाको आधारमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका वार्ड नं.-४ मा जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिइएको विशेष प्रहरी टोलिले वस स्टेण्ड नजिक देश भारत पश्चिम वंगाल राज्य उत्तर चौविस परागाना जिल्ला , स्वरुप नगर वस्ने वर्ष २४ को मो. इमामुल गोल्दारले चलाई ल्याएको WB 25 J 6141 नंम्वरको ट्रकमा लोड भएको (Cat fish) ५८२० के.जी. विलमा उल्लेख भएको, जिप्रका मा ल्याउदा मरेका १९० केजी माछा पहिलानै नष्ट गरिएको,धर्म काटा लगि पानी निकाली वजन गर्दा उल्लेखित माछा ७५१० केजी भएको ,साथै पशु पंक्षी तथा सत्स्य विकास निर्देशनालय प्रदेश नं. १ बाट खटिई आउनु भएका मत्स्य विकास अधिकृतबाट समेत उक्त माछा नेपालमा (Cat fish) जातको प्रतिवन्धित भएको भनि प्रतिवेदन पेश गरीदिनु भएको हुदाँ आवश्यक कारवाहीको लागी उक्त माछा पशु क्वारेनटाईन चेक पोष्ट भाण्टावारी सुनसरी पठाईएकोमा माछा नष्ट गरीदिन भनि यस कार्यालयमा माछा सहित को ट्रक पठाईएको, माछा जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर भित्र खाडल खनि नष्ट गरीसकेको हुँदा ट्रक र चालकलाई आवश्यक कारवाहिको लागी सेतु वन्धु भन्सार कार्यालय  पठाउने कार्य भई रहेको । 
फोटो


अनुसन्धानमा प्राप्त कागजातहरु :- 
(क) सोर्नाली एक्स्पोट कोलकोत्ता भारत लेखिएको (Cat fish) ५८२० के.जी.को विल,
 (ख) पशु क्वारेनटाईन कार्यालय बिराटनगरको मिति २०७७।०४।०२ को प्रमाण-पत्र ।
 (ग)  बिराटनगर महानगरपालिकाको सेवा सुल्क रसिद ।
 (घ) राजश्व अनुसन्धान विभागको २०७७।०४।०२ ( १५,९५,०५७/-) को Online विल ।
 (ङ) राष्ट्रिय बाणिज्य वैंकको ( १३१,७०२/-) नगद विल ।
 (च) 17/7/2020 को 5820 के.जी.को मुल्य (१४६३,३५४ ) मिति २०७७।०४।०२ गतेको भन्सार प्रज्ञापन पत्र । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.