Websoft University

नियन्त्रीत लागुऔषध सहित ७ जना पक्राउ


सुनसरी, असार २६ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका-४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका-६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादब ,कोशी गाउँपालिका-६ कै बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र-१ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन । 

हिजो दिउसो साढे १२ बजे कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई नियन्त्रणमा लिइसंगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

पक्राउ परेका हरुको साथबाट ३२६ बोतल डाईलेक्स डि.सी., स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.