Websoft University

मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति आयोगल खेद प्रकट गर्यो



काठमाण्डौ असार २६ गते । रातो तारा डट कम,राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमा समाजवादी पार्टीका सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाउनुभएको थियो । 

आयोगका अध्यक्ष अनुपराज शर्माले आज विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो । संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको आयोगले खेद प्रकट गरेको हो । 

दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गरेको विज्ञप्तिमा भनिएको छ । यस आयोगबाट यही असार १५ मा सदस्यलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइए पनि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक भएको आयोगको ठहर छ । आयोगले यसमा कोही पनि भ्रममा नपर्न स्पष्ट पारेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.